असोज २४, २०८३ शनिबार October 10, 2026

कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखबाट अधिवेशन अन्त्य गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार २०८३ साल असोज २४ गते शनिबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य गरिएको हो।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाद्वारा जारी विज्ञप्तिमा संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको उल्लेख छ।

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखबाट अधिवेशन अन्त्य गर्ने निर्णय भएको हो। नेपालको संविधानको धारा १८३ को उपधारा (२) मा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालु नरहेको अवस्थामा बैठक बोलाउन सक्ने तथा अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्थासम्बन्धी प्रावधान रहेको छ।

नवौँ अधिवेशन अन्त्य भएसँगै कोशी प्रदेशसभाको चालु बैठक प्रक्रिया औपचारिक रूपमा टुंगिएको छ। यद्यपि, आगामी अधिवेशन कहिले आह्वान गरिने भन्नेबारे प्रदेश सरकार वा प्रदेश प्रमुखको कार्यालयबाट थप जानकारी सार्वजनिक भएको छैन।

75612

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज
२०८३ असोज २४, शनिबार
एमालेको चुनावी रणनीति : राष्ट्रिय भेला, नेतृत्व पुनःगठन र घरदैलो अभियान चलाउने
२०८३ असोज २४, शनिबार
युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच वार्ता
२०८३ असोज २४, शनिबार
कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
२०८३ असोज २४, शनिबार
राजनीतिमा स्पष्ट विचार र नीतिप्रति अडिग हुनुपर्छ : शशांक कोइराला
२०८३ असोज २४, शनिबार
Traffic resumes on BP Highway
२०८३ असोज २४, शनिबार
सभापति गगन थापाको प्रतिबद्धता : कांग्रेस छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउँछौँ
२०८३ असोज २४, शनिबार