असार २४, २०८२ मंगलबार July 8, 2025

स्पेनमा देशव्यापी सङ्कटकाल घोषणा, रातभर कर्फ्यु लाग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्पेनमा देशव्यापी आपत्‌काल घोषणा गर्दै रात्रिकालीन कर्फ्‍यु लगाइएको छ। कोरोनाभाइरसको सङ्क्रमण फेरि बढेपछि त्यसको नियन्त्रणको निम्ति उक्त कदम चालिएको हो।

प्रधानमन्त्री पेड्रो सान्चेथले राती ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरिएको जानकारी दिए। उनले कोरोनाभाइरसको विश्वव्यापी महामारी देशले सामना गरेको शताब्दीकै सबैभन्दा खराब स्वास्थ्य सङ्कट भन्दै सङ्कटकाल लगाउनु न्यायोचित भएको टिप्पणी गरेका छन्। सकेसम्म घरभित्रै बस्न उनले मानिसहरूलाई आह्वान पनि गरे।

स्थानीय अधिकारीहरूले सङ्कटकालीन व्यवस्था अनुसार क्षेत्रहरूबीचको यात्रामा समेत रोक्न लगाउन सक्ने बताइएको छ। अहिलेसम्म स्पेनमा सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ र करिब ३५ हजार जनाको ज्यान गएको छ।

स्पेन यो वर्षको सुरुमा महामारीको पहिलो लहरका बेला विश्वमै कडा प्रतिबन्धहरू लगाउने देशहरूमध्ये पर्छ। अन्य युरोपेली देशहरू जस्तै अहिले स्पेनमा महामारीको दोस्रो लहर देखिएको छ। इटलीले पनि नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ। -बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार