असोज २७, २०८३ मंगलबार October 13, 2026

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

उजुरी आह्वानको समयसीमा सकिएपछि प्रस्तावित न्यायाधीशको सुनुवाइको प्रक्रिया अघि बढाउने संसदिय समितिको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २७ गते । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिको सोमबारको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको हो । समिति सभापति बोधनारायण श्रेष्ठले न्याय परिषद्को पत्राचार अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको जानकारी दिनुभयो ।

परिषद्को असोज २० गतेको बैठकले सर्वोच्चमा चार न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो । उजुरी आह्वानको समयसीमा सकिएपछि समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइको प्रक्रिया अघि बढाउने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
२०८३ असोज २७, मंगलबार
जयन्ती मावि आवासीयमा रुपान्तरण
२०८३ असोज २७, मंगलबार
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के-के हुँदैछन् नयाँ काम ?
२०८३ असोज २७, मंगलबार
सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
२०८३ असोज २७, मंगलबार