काठमाण्डौंः भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । आगामी नोभेम्बर ४ देखि नरवाणेको नेपाल भ्रमण तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
गत साता भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आए लगत्तै भारतीय अर्को सुरक्षा निकाय प्रमुखको नेपाल भ्रमण हुन लागेको हो ।
समाचार संस्था पीटीआईका अनुसार नरवाणेले नेपालमा तीनदिन बिताउँनेछन् । सो क्रममा उनले नेपालका समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापालगायत उच्च पदस्थ व्यक्तिसम्म भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल र भारतबीच कालापानी लगायत क्षेत्रमा सिमा विवाद रहेका बेला भारतीय सैन्य प्रमुखको नेपाल भम्रणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नरवाणेले नेपाल-भारत खुला सिमालाई व्यवस्थित गर्ने लगायत विषयमा नेपाली अधिकारीसँग छलफल गर्ने पीटीआईले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया