काठमाण्डौंः पाकिस्तानमा बम विष्फोटमा परी सात जनाको ज्यान गएको छ । पाकिस्तानको एक मदरसामा बम विष्फोट भएको हो ।
उक्त विष्फोटमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने ७० जना भन्दा धेरै मानिसहरु घाइते भएका प्रहरी जानकारी दिएका छन् ।
प्रहरीले विष्फोटमा परी बालबालिकाहरुको पनि मृत्यु भएको बताएका छन । यो हमला उत्तरी शहर पेशावरमा भएको हो । अहिलेसम्म विष्फोटको जिम्मा कसैले नलिएको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया