असोज २८, २०८३ बुधबार October 14, 2026

दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर

बिदाको अवधिमा कुकुरको टोकाइविरुद्ध लगाइने एआरभी (एन्टी रेबिज भ्याक्सिन) सेवा उपलब्ध हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रुपन्देही, असोज २९  गते ।  भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा ओपिडी बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ ।

अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वर्षा थापाका अनुसार बिदाको अवधिमा कुकुरको टोकाइविरुद्ध लगाइने एआरभी (एन्टी रेबिज भ्याक्सिन) सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी, सामाजिक सेवा इकाइबाट प्रदान गरिने सेवा उपलब्ध गराइनेछ । अस्पतालले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ । स्वास्थ्य समस्या देखिएमा वा आकस्मिक उपचार आवश्यक परेमा अस्पतालको आकस्मिक सेवा विभागमा सम्पर्क गर्न अस्पतालले सबैलाई अनुरोध गरेको छ ।

दसैँ बिदाका कारण अत्यावश्यक उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले आकस्मिक तथा अन्य आवश्यक सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया