कार्तिक १, २०८३ आइतबार October 18, 2026

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

भिमसेन मन्दिर, नालाको मुख र मोहोरियाटोल हुँदै विन्ध्यवासिनी मन्दिर परिसर पुगेको शोभायात्रा पूजाआजासँगै समापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की, ३१ असोज : पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा आज सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्राइएको छ ।

परम्पराअनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको उपस्थितिमा फूलपाती भित्राइएको हो । सो अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवान र सर्वसाधारणको सहभागिता रहेको थियो ।

फूलपाती भित्र्याउन पोखराको मानव अधिकार चोकबाट बाजागाजासहित शोभायात्रा निकालिएको थियो । भिमसेन मन्दिर, नालाको मुख र मोहोरियाटोल हुँदै विन्ध्यवासिनी मन्दिर परिसर पुगेको शोभायात्रा पूजाआजासँगै समापन भएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङ, प्रहरी प्रमुख नवीन कार्की लगायत सुरक्षा निकायका अधिकृतले कस्केली नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गर्नुभएको थियो । साथै, चारवटै सुरक्षा निकायका तर्फबाट नवदुर्गा भगवतीलाई सलामी अर्पण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गुरुङले चाडपर्वका अवसरमा शान्ति सुरक्षा कायम गरी सबैलाई भयरहित वातावरणमा खुसीसाथ चाडपर्व मनाउने व्यवस्था मिलाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

“जिल्ला प्रशासन कार्यालयको अगुवाइमा विधिपूर्वक फूलपाती भित्राइएको हो । सरकारी तवरबाटै परम्परागत रूपमा यो कार्य हामीले गर्दै आएका छौँ ।” उहाँले भन्नुभयो । परम्परादेखि नै विन्ध्यवासिनी मन्दिर र कास्कीकोटमा नेपाल सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्राउने प्रचलन रहिआएको छ ।

फूलपातीका दिन पोखराका विन्ध्यवासिनी, तालबाराही, भद्रकाली, अकलादेवी लगायतका मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको घुइँचो लागेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार
Nepal Telecom is official partner of NPL-3
२०८३ कार्तिक १, आइतबार