कार्तिक १, २०८३ आइतबार October 18, 2026

सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, चार जना घाइते

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खोटाङ। काठमाडौंबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र बेपत्ताको पहिचान खुलेको छ।

मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्मा छन्।

लफ्याङका स्थानीय जनक राईले दिएको जानकारीअनुसार युपना र दिव्या काठमाडौं बसेर अध्ययनसँगै सामान्य रोजगारीको काम गर्दै आएका थिए। स्वस्तीका काठमाडौं बसेर माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारीमा थिए।

गएराति करिब २ः३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनाका परी तीन बेपत्ता हुनुहुन्छ। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता हुनेमा लफ्याडका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई छन्।

दुर्घटनाम परी घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा, चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा छन्।

प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूमध्ये चालक आशीष बेहोस छन् भने, सम्झनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाएको प्रहरीले जनाएको छ।

घाइते शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिएका
छन्।

काठमाडौंबाट गएराति करिब ११ बजे हिँडेको सुमोमा चालकसहित १० जना यात्रु सवार रहेको प्रहरी जनाएको छ। सुमोका चालक निदाएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार
Nepal Telecom is official partner of NPL-3
२०८३ कार्तिक १, आइतबार