कार्तिक १, २०८३ शनिबार October 17, 2026

विजयादशमीले सद्भाव र एकताको सन्देश दिन्छः प्रदेश प्रमुख कर्ण

धेस प्रदेशमा पारस्परिक सम्मान, सहिष्णुता र सहअस्तित्वलाई थप बलियो बनाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुर। मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले विजयादशमीले सत्य, न्याय र सदाचारको मार्गमा अघि बढ्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रेरणा दिने बताएका छन्।

बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविधतायुक्त मधेस प्रदेशमा पारस्परिक सम्मान, सहिष्णुता र सहअस्तित्वलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

विजयादशमीले समाजमा विद्यमान विभेद र अन्यायविरुद्ध आवाज उठाउँदै समतामूलक, समावेशी र समृद्ध समाज निर्माणका लागि सबैलाई एकजुट हुन प्रेरित गर्ने विश्वाससमेत प्रदेश प्रमुख कर्णले व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया