कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै

अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक आयोजना गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ग्लोबल गभर्नेन्स फोरमको बैठकमा सहभागी हुन आगामी बिहीबार त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको छ ।

यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुन लागेको सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले बिशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नुहुने जनाइएको छ । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माणः विश्व शासनको सुधार र सुदृढीकरण’ फोरमको मूल विषय रहेको छ ।

उक्त फोरमको आयोजकका अनुसार अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक आयोजना गरिनेछन् । फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, बहुपक्षीयताको प्रवद्र्धन, शान्ति स्थापना कार्यको समयानुकूल सुधार तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकहरूको बढ्दो भूमिकाबारे छलफल हुनेछ ।

त्यसैगरी, विश्व आर्थिक तथा वित्तीय शासन प्रणालीको सुधार, विश्व व्यापार सङ्गठन (डब्लूटीओ) को पुनरुत्थान, क्षेत्रीय मौद्रिक सहकार्य र अन्तर्राष्ट्रिय व्यापारमा ग्लोबल साउथका मुलुकहरूको भूमिका पनि छलफलका प्रमुख विषय रहनेछन् ।

जलवायु परिवर्तन, हरित तथा न्यून कार्बन विकास, दिगो विकास र विश्वव्यापी जलवायु शासन प्रणालीलाई न्यायपूर्ण तथा समतामूलक बनाउने विषयले पनि फोरममा स्थान पाउनेछन् ।

कृत्रिम बौद्धिकता (एआई), साइबर स्पेस र अन्तरिक्ष शासनसम्बन्धी चुनौती, एआइको सुरक्षित प्रयोग तथा चीन–आसियानबीच एआई शासनका सिद्धान्त र नियामक समन्वयका विषयमा समेत छलफल हुनेछ । विज्ञान तथा प्रविधिको विकास र औद्योगिक रूपान्तरणबाट सबै मुलुकले लाभ लिन सक्ने उपायबारे पनि बहस हुनेछ ।

यसका अतिरिक्त, सभ्यताबीचको संवाद, सांस्कृतिक विविधता, मानवअधिकार शासन, मानवीय सहायता तथा नागरिक समाजको भूमिकाबारे विभिन्न सत्र आयोजना गरिने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थपियो २५ शय्याको ICU
२०८३ कार्तिक ३, मंगलबार
अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व
२०८३ कार्तिक ३, मंगलबार
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
२०८३ कार्तिक ३, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३ कार्तिक ३, मंगलबार
बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति
२०८३ कार्तिक ३, मंगलबार
निर्वाचन कार्यालयद्वारा तीन हजार बढी मतदाताको नाम सूचीबाट हटाइयो
२०८३ कार्तिक ३, मंगलबार
कोरल सागरमा शक्तिशाली भूकम्प, २३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु
२०८३ कार्तिक ३, मंगलबार