कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थपियो २५ शय्याको ICU

दैनिक दुई हजार बिरामीमा सेवा प्रवाह गर्दै अस्पताल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ । यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शय्या सङ्ख्या ३५ पुगेको छ ।

नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष, आठ शय्याको कोरोनरी केयर युनिट र एक शय्याको आइसोलेसन आइसियू रहेको प्रतिष्ठानका निर्देशक  डा. झपिन्द्र पोखरेलले राससलाई जानकारी दिनुभयो ।

यसअघि अस्पतालमा १० शय्याको आइसियू सञ्चालनमा थियो । प्रतिष्ठानले रु एक करोड लगानी थपेर नयाँ कक्ष सञ्चालनमा ल्याएको हो । “सघन उपचार कक्षमा बिरामीको चाप बढिरहेका बेला अतिरिक्त उपचार कक्ष र शय्या सञ्चालन गरेका छौँ । थपिएका पूर्वाधारबाट उपचार सहज हुनेछ,” निर्देशक पोखरेलले भन्नुभयो ।

गण्डकी प्रदेशको सुविधासम्पन्न सरकारी अस्पताल यहाँ प्रदेशका ११ वटै जिल्लाका साथै अन्य जिल्लाबाट पनि बिरामी आउने गरेका छन् । यो अस्पतालले दैनिक दुई हजार बिरामीमा  सेवा प्रवाह गरिरहेको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराजा ज्ञानेन्द्र शाहले सादगीपूर्वक दसैँ मनाउने
२०८३ कार्तिक ३, मंगलबार
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
२०८३ कार्तिक ३, मंगलबार
दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल
२०८३ कार्तिक ३, मंगलबार
बाबुराम भट्टराई भन्छन् : विपत्तिलाई बहाना बनाएर जलाशययुक्त आयोजना रोक्नु गलत
२०८३ कार्तिक ३, मंगलबार
गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम
२०८३ कार्तिक ३, मंगलबार
निजी भ्रमणका लागि हिमालयन दृश्य रिसोर्ट पुगे ओली र बागमतीका मुख्यमन्त्री
२०८३ कार्तिक ३, मंगलबार