कार्तिक ४, २०८३ बुधबार October 21, 2026

विदेशमा रहेका नेपालीका लागि दसैँको टीका साइत सार्वजनिक, कुन देशमा कहिले ?

समय र तिथिअनुसार विदेशमा दसैँको टीका फरक दिन र समयमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । बडादसैँ अन्तर्गत विजयादशमी पर्वको अवसरमा नेपालमा टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा तोकिएको छ। नेपालबाहिर भने भौगोलिक दूरी र समय अन्तरका कारण विभिन्न देशमा फरक-फरक मिति र समयमा टीकाको साइत पर्ने गरेको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूको सुविधालाई ध्यानमा राख्दै यस वर्षको बडादसैँका लागि नेपालसहित २३ देशका लागि टीकाको उत्तम साइत सार्वजनिक गरेको छ। टीकाको साइत निर्धारण गर्दा स्थानविशेषको सूर्योदयको समय र दशमी तिथिको आधारलाई मुख्य रूपमा लिने गरिएको छ।

स्थान विशेषको समय र तिथिको भिन्नताका कारण विभिन्न देशमा टीकाको दिन र समय फरक हुने गरेको छ। उदाहरणका लागि, नेपालमा कात्तिक ४ गते (अक्टोबर २१) टीकाको साइत हुँदा अमेरिका लगायतका केही मुलुकमा भने अक्टोबर २० मै साइत पर्न जान्छ।

यसरी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले निकालेको साइतले विदेशमा रहेका नेपालीहरूलाई पनि आफ्नो मौलिक संस्कृति र परम्पराअनुसार सही समयमा विजयादसैँ मनाउन सहजता प्रदान गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो
२०८३ कार्तिक ४, बुधबार
विदेशमा रहेका नेपालीका लागि दसैँको टीका साइत सार्वजनिक, कुन देशमा कहिले ?
२०८३ कार्तिक ४, बुधबार
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार
आज बुधबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक ४, बुधबार
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी
२०८३ कार्तिक ४, बुधबार
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार