बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

भारत सरकारद्वारा सलाहुदीनसहित १८ जनालाई आतंककारी घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारत सरकारले हिजबुल चीफ सलाहुदीनसहित १८ जनालाई आतंककारी घोषित गरेको छ ।

अनलोफुल एक्टिभिटिज प्रिभेन्सन एक्ट १९६७ कानूनका अनुसार भारतीय गृहमन्त्रालयले यो कारवाही गरेको हो । यी १८ जना आतंककारीमा हिजबुल मुजाहिदीनका चीफ सैयद सलाहुदीन समेत मुम्बई आतंककारी हमला, संसदमाथि हमला र कन्धार विमान हाइज्याकमा सहभागी आतंककारीको नाम सामेल छ ।

१८ आतंककारीमा साजिद मीर, यूसुफ मुजाम्मिल, अब्दुल रहमान मक्की, शाहिद महमूद, फरतुल्लाह रउफ असगर, इब्राहिम अतहर, यूसुफ अजहर, शाहिद लतीफ, सैयद मोहम्मद यूसुफ शाह उर्फ सैयद स लाहुदिन, गुलाम नबी खान, जफर हुसैन भट, रियाज इस्माइल शाह बान्दरी, मोहम्मद इकबाल, शेख शकील, मोहम्मद अनीस खान, इब्राहिम मेनन उर्फ टाइग र मेनन, जावेद चिकना छन् ।

यी सबै आतंककारी पाकिस्तानी बेस्ड र त्यहाँबाट चलेका आतंककारी संगठनसँग जोडिएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया