असार २४, २०८२ मंगलबार July 8, 2025

भारत-चीन सीमा विवादमा हस्तक्षेप नगर्न अमेरीकालाई चीनको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनले कडा शब्दमा आलोचना गरेको छ ।

दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै भारत र चीनको बिचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।

भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पम्पियोले, चीनले प्रजातन्त्र, कानुनी शासन र पारदर्शीतालाई नमानेको अभिव्यक्ति दिएका थिए ।

दिल्लीस्थित चिनियाँ दूतावासले भनेको छ, ‘अमेरिकी अधिकारीहरुले बारम्बार झुटो बोलिरहेका छन् र चीनविरुद्ध आक्रमण र विभिन्न आरोप लगाइरहेका छन् । यो कूटनीतिको आधारभूत सिद्धान्तको बर्खिलाफ हो ।’

दूतावासले भारत र चीन बिचको सीमा विवाद दुईपक्षीय भएको र यसलाई समाधान गर्नका लागि बारम्बार वार्ता भइरहेको समेत उल्लेख गरेको छ ।

दूतावासले अगाडि भनेको छ, ‘भारत र चीनसँग असहमतिहरुलाई ठीक ढंगले समाधान गर्ने ज्ञान र क्षमता छ । तेस्रो पक्षलाई हस्तक्षेप गर्ने कुनै ठाउँ छैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार