कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास

नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ आसपास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ६ कात्तिकः दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ ।

‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिमचितुवाको संरक्षण’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ ।

हिउँचितुवा नेपाल, अफगानिस्तान, भूटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ रहेको छ । विश्वको कुल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएको छ ।

नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार ५०० वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ । विश्वमा हाल चार हजारदेखि सात हजारको सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जलवायु परिवर्तनका कारण बढी असर परेको अवस्थामा उच्च हिमाली क्षेत्रमा बासस्थान रहेको हिउँचितुवाको जीवनचक्र तथा दैनिकी प्रभावित हुनु स्वाभाविक भएको बताउनुभयो ।

उहाँका अनुसार यसको बासस्थानमा आएको ह्रासले हिउँचितुवाको आहारा प्रजातिमा कमी भइदिँदा खानाको अभाव देखिने चुनौती थपिएको छ । हिउँचितुवालाई ‘आइयुसिएन’ले विश्वव्यापी जोखिमको हिसाबले रातो सूचीमा राखी सूचीबद्ध गरेको छ । यसलाई हिमालकी रानी पनि भनिन्छ । हिउँचितुवा लजालु प्रकृतिको हुन्छ । त्यसैले यसलाई भेट्न गाह्रो हुन्छ ।

पर्यावरण मन्त्रालयले हिउँचितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँचितुवा संरक्षण र कार्ययोजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । हिउँचितुवा सामान्यतया समुद्री सतहबाट ५४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ ।

तथ्याङ्कअनुसार पूर्वी नेपालको तुलनामा पश्चिममा बढी सङ्ख्यामा हिउँचितुवा छन् । हिउँचितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको प्राणी हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य
२०८३ कार्तिक ६, शुक्रबार
बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
२०८३ कार्तिक ६, शुक्रबार
लागूऔषधविरुद्ध गाउँमै जागे नागरिक: जरिवानादेखि जनचेतनासम्म
२०८३ कार्तिक ६, शुक्रबार
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
२०८३ कार्तिक ६, शुक्रबार
चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता
२०८३ कार्तिक ६, शुक्रबार
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
२०८३ कार्तिक ६, शुक्रबार
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु
२०८३ कार्तिक ६, शुक्रबार