कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

दुर्घटना भएको स्थलमा प्रहरी पुगेसँगै सडक सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वालिङ (स्याङ्जा), ६ कात्तिकः स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना हुँदा महिला चालकको मृत्यु भएको छ ।

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ग२६प १३५० नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाउँदा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । स्कुटरको पछाडि सवार मृतककी छोरी १६ वर्षीया गुञ्जन गुरुङ सकुसल हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेको छ । दुर्घटना भएको स्थलमा प्रहरी पुगेसँगै सडक सञ्चालन भएको छ । सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य
२०८३ कार्तिक ६, शुक्रबार
बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
२०८३ कार्तिक ६, शुक्रबार
लागूऔषधविरुद्ध गाउँमै जागे नागरिक: जरिवानादेखि जनचेतनासम्म
२०८३ कार्तिक ६, शुक्रबार
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
२०८३ कार्तिक ६, शुक्रबार
चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता
२०८३ कार्तिक ६, शुक्रबार
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
२०८३ कार्तिक ६, शुक्रबार
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु
२०८३ कार्तिक ६, शुक्रबार