काठमाडौंः कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेका छन् । उनले प्रदेशका अध्यक्षसमक्ष सो सिफारिस गरेका हुन् ।
नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ६ जना सांसदसँग मिलेर अविश्वासको प्रस्ताव संसदमै दर्ता गर्ने तयारी थालेपछि मुख्यमन्त्री शाहीले चालु अधिवेशन अन्त्यका लागि सो सिफारिस गर्ने तयारी गरेका हुन् ।
यही कार्तिक ८ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले चालु बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको स्रोतले बताएको छ । गत असोज २५ मा मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्तावले केन्द्रसम्म हलचल मच्चाएको थियो ।
प्रदेशका नेताहरुलाई केन्द्रमा बोलाएपनि विवाद साम्य हुन सकेको थिएन । त्यसपछि सो विवाद कर्णालीमै फर्किएको थियो । गत कात्तिक ७ गते शाहीविरुद्धको अविश्वास बहुमतका साथ अस्वीकृत भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया