काठमाडौं। राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका अनुसार दसैं बिदाका कारण पूर्वनिर्धारित मितिमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन गर्ने तयारी गरिएको छ।
कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ।
स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई निर्धारित मितिमा औषधि खुवाउन अभिभावकलाई महाशाखाले आग्रह गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया