कार्तिक ९, २०८३ सोमबार October 26, 2026

एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिगको इतिहासमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स हालसम्म ३ पटक आमनेसामने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं। नेपाली क्रिकेटको बहुप्रतीक्षित महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि विधिवत् रूपमा सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि मैदान व्यवस्थापन, प्राविधिक तयारी तथा सुरक्षा प्रबन्ध लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

एनपीएल तेस्रो संस्करण आजदेखि: उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दैकीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने उद्घाटन खेलमा आज साँझ ५:०० बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

हेड-टू-हेड: कसको पल्ला भारी?

नेपाल प्रिमियर लिगको इतिहासमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स हालसम्म ३ पटक आमनेसामने भइसकेका छन्। जसमध्ये सुदूरपश्चिमले २ खेलमा जित निकालेको छ भने लुम्बिनीले १ खेल मात्र जितेको छ।

अघिल्लो सिजनको फाइनल भिडन्तमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको थियो। तर त्यसअघि लिग चरणका खेलहरूमा भने सुदूरपश्चिम हाबी भएको देखिन्छ। अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो भने त्यसअघिको सिजनको लिग मुकावलामा पनि सुदूरपश्चिम ४५ रनले विजयी भएको थियो।

टोलीको हालैको प्रदर्शन र फर्म

लुम्बिनी लायन्स: पछिल्ला ५ खेलमा लुम्बिनी टोली अपराजित रहँदै उत्कृष्ट लयमा छ। अघिल्लो सिजनको उपाधि यात्राका क्रममा लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रन, इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेट, लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेट र त्यसअघि विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो।

सुदूरपश्चिम रोयल्स: सुदूरपश्चिमले आफ्ना पछिल्ला ५ मध्ये ३ खेलमा जित र २ खेलमा पराजय भोगेको छ। फाइनलअघि पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराएको सुदूरपश्चिम लिग चरणमा भने विराटनगरसँग ६ विकेटले पराजित भएको थियो। त्यसअघि सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रन र जनकपुर बोल्ट्सलाई ७२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

दुवै टोलीका प्रमुख खेलाडीहरू

सुदूरपश्चिम रोयल्स (कप्तान: दीपेन्द्रसिंह ऐरी)

राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिममा स्वदेशी तथा विदेशी स्टार खेलाडीहरूको बलियो उपस्थिति छ। टोलीमा डा. इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी, हेमन्त धामी, हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादुर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दीपक बोहरा र फेबियन एलेन जस्ता अनुभवी खेलाडीहरू समावेश छन्।

लुम्बिनी लायन्स (कप्तान: रोहित पौडेल)

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रिने लुम्बिनी लायन्स पनि सन्तुलित र मजबुत देखिन्छ। टोलीमा रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्शी शर्ट, शमिम हुसेन, शाड्ली भान शाकवाइक, निरोशन डिक्वेला, दिनेश अधिकारी, अभिषेक गौतम, तिलक राज भण्डारी, दिलीप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान र करण घर्ती मगर लगायतका खेलाडीहरू रहेका छन्।

उद्घाटन खेलमै दुई बलिया टोली भिडेकाले कीर्तिपुर मैदानमा आज प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धानमा ‘किरा’ले क्षति पुर्याएपछि भोजपुरका किसान चिन्तित
२०८३ कार्तिक ९, सोमबार
इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु
२०८३ कार्तिक ९, सोमबार
शिक्षकले छोराछोरी सामुदायिक विद्यालयमै पढाउँदा…
२०८३ कार्तिक ९, सोमबार
दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि
२०८३ कार्तिक ९, सोमबार
सार्वजनिक शान्तिविरुद्धको कसुरमा वडाध्यक्ष अनवर पक्राउ
२०८३ कार्तिक ९, सोमबार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार