कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकासे पुल बन्दै

करिब चार करोड ६८ लाख रुपियाँको लागतमा सो पुलको निर्माण हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, कात्तिक १० गते । ललितपुरको कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माणाधीन लिफ्टसहितको अपाङ्गतामैत्री आकासे पुलको काम अन्तिम चरणमा पुगेको छ । मुलुककै पहिलो मानिएको सो अपाङ्गतामैत्री आकासे पुल बढीमा अबको डेढ महिनाभित्र सञ्चालनमा आउने गरी तीव्र गतिमा काम भइरहेको छ ।

ललितपुर महानगरका नगरप्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको पहल र लगानीमा निर्माण भइरहेको सो पुल बढीमा अबको डेढ महिनाभित्र सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो पुल अपाङ्गतामैत्री भएको हुनाले पुलको उद्घाटन अपाङ्गता भएका भाइबहिनीबाट गरिने छ । मैले यो कुराको घोषणा पुलको शिलान्यासका बेलामा नै गरेको थिएँ ।” चक्रपथमा कुनै पनि भौतिक संरचना निर्माण गर्दा सङ्घीय सरकारको अनुमति लिनुपर्ने प्रावधानका कारण अनुमति लिने क्रममा केही ढिलो भएको र यो सङ्घीय सरकारको तत्वावधानमा निर्माण भइरहेको हो कि भन्ने लागेको महानगर प्रमुख महर्जनले स्पष्ट पार्नुभयो । ललितपुर महानगरका पूर्वाधार विभाग प्रमुख इन्जिनियर प्रदीप पौडेलले सो आकासे पुलको निर्माण ८५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सडकको दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ । ह्विलचेयर प्रयोगकर्ता, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा बालबालिकाले बटन थिचेर सजिलै लिफ्टमार्फत पुलमा उक्लिन र ओरालो झर्न सक्छन् ।

त्यसै गरी हिँडडुल गर्न सक्ने साधारण पैदलयात्रीका लागि परम्परागत भर्‍याङसमेत राखिएको उहाँले बताउनुभयो । बलियो र आकर्षक स्टिलको प्रयोग गरी निर्माण गरिएको यो पुलले सहरी सौन्दर्यलाई पनि थप व्यवस्थित बनाएको उहाँको भनाइ छ ।

यो पुल सञ्चालनमा आएपछि सो क्षेत्रको सडक दुर्घटनामा उल्लेखनीय कमी आउने र सडक वारपार गर्न अत्यन्त सहज हुने इन्जिनियर पौडेलले बताउनुभयो । चक्रपथ विस्तारसँगै जथाभाबी बाटो काट्ने क्रममा दुर्घटना भई सो क्षेत्रमा धेरै मानवीय क्षति हुन थालेपछि स्थानीयवासीको मागबमोजिम सो आकासे पुलको निर्माण सुरु गरिएको हो ।

करिब चार करोड ६८ लाख रुपियाँको लागतमा सो पुलको निर्माण भइरहेको छ । पुल २०८० फागुनदेखि निर्माण सुरु भएको थियो । सम्झौता अनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो पुलको शिलान्यास २०८० फागुन २८ गते भएको थियो ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
२०८३ कार्तिक १०, मंगलबार
भोटेकोशी बाढी: डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दशैं
२०८३ कार्तिक १०, मंगलबार
आजको मुद्रा : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ, युरो १७० रुपैयाँ नाघ्यो
२०८३ कार्तिक १०, मंगलबार
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज चितवन राइनोज र विराटनगर किङ्ग्स भिड्दै
२०८३ कार्तिक १०, मंगलबार
सातै प्रदेशमा मौसम बदलीको सम्भावना, केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने
२०८३ कार्तिक १०, मंगलबार