कार्तिक ११, २०८३ बुधबार October 28, 2026

एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर किङ्ग्स ८ रनले पराजित

डेभिड मलानको अर्धशतक र कमल ऐरीको ४ विकेटमा चितवन विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सानदार जित हात पारेको छ । चितवनले विराटनगर किङ्गसलाई ८ रनले हराएको हो।

चितवन राइनोजले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर ४ बल बाँकी रहर्दै अल आउट भयो ।

विराटनगरका आन्द्रे रसेलले ४ छक्का र १ चौका हान्दै ३३ रन जोडेर आउट भए । यस्तै इमरान शेखले ३९, लोकेस बमले २६ र बाशिर अहमदले १३ रन जोडे । सन्दीप लामिछाने, प्रतिश जिसि र रुपेश सिंह एक रन नजोड्दै आउट भए ।

चितवनका लागि कमल ऐरीले ४ विकेट लिए । यस्तै रिजन ढकाल २, मौसम ढकाल, ड्यान मौउस्ली र रन्जीत कुमारले एक–एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङ्को निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो ।

चितवनका लागि डाविट मलानले सर्वाधिक ७० रन जोडे । मलानलाई विराटनगरका आन्द्रे रसेलले बोल्ड आउट गरे ।

एनपीएल सिजन ३ मा पहिलो अर्धशतक बनाएका मलानले ५ चौका र ५ छक्का प्रहार गरे।

यस्तै ड्यान माउस्लीले २९ रन, रवि वोपराले ३२ र देव खनाल १२ रन बाहेक अरु व्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । विराटनगरका चरिथ असलंका, आन्द्रे रसेल र एन्जेलो म्याथ्युजले समान एक एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार