काठमाडौं। नेपाली बजारमा बुधबार (कात्तिक ११) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो।
मूल्य वृद्धिसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
कात्तिक महिनाको सुरुवातदेखि नै सुनको मूल्यमा उतारचढाव देखिएको छ। सोमबार ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य आइतबार भने एकैदिन ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि आएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसअघि मंगलबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँमा झरेको थियो। सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको चाँदी आइतबार भने २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया