कार्तिक ११, २०८३ बुधबार October 28, 2026

भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी

आठ युद्ध समाधान गरेको भन्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टेक्सास, ११ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी दोहो¥याउनुभएको छ । आफूले अन्त्य गरेको दाबी गरेका आठ युद्धमध्ये पाँचवटा व्यापारिक दबाबबाट समाधान भएको उहाँको भनाइ छ ।

टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित चुनावी सभामा उहाँले दुवै देशका प्रधानमन्त्रीलाई युद्ध जारी राखे अमेरिकासँग व्यापार गर्न नदिने चेतावनी दिएको बताउनुभयो । उक्त दबाबपछि युद्धविराम भएको र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफूले कम्तीमा तीन करोड मानिसको ज्यान बचाएको बताएको उहाँको दाबी छ ।

भारतले भने द्वन्द्व रोक्न बाह्य मध्यस्थताको भूमिका रहेको दाबी अस्वीकार गर्दै आएको छ । भारतका अनुसार पाकिस्तानका सैन्य कारबाहीका महानिर्देशकले भारतीय समकक्षीसँग आग्रह गरेपछि अपरेसन सिन्दूरका क्रममा युद्धविराम भएको थियो । भारतले पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी हमलाको जवाफमा मे ७ मा उक्त अभियान सुरु गरेको र मे १० मा रोकेको थियो ।

ट्रम्पले आठ युद्ध समाधान गरेको भन्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी पनि गर्नुभएको छ । नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा सन् २०२६ को पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लेलाई दिने घोषणा गरेपछि उहाँले छनोटको आलोचना गर्दै आउनुभएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार