काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई ललितपुर जिल्ला अदालतले ५र५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
एन्फासम्बन्धी घोटाला प्रकरणमा अनुसन्धानपछि मुद्दा चलाइएका नेम्वाङ र राई बुधबार अदालतमा उपस्थित भएका थिए। थुनछेक बहस तथा बयानपछि न्यायाधीश हरिसिंह धामीको इजलासले दुवै जनासँग जनही ५ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एन्फामा भएको भनिएको आर्थिक अनियमितता तथा घोटालासम्बन्धी विषयमा अनुसन्धान गरी उनीहरुविरुद्ध मुद्दा अघि बढाएको थियो।
मुद्दा दायर भएपछि अदालतमा उपस्थित नभएका नेम्वाङ र राई बुधबार आफैं अदालतमा उपस्थित भएका थिए। अदालतको आदेशसँगै धरौटी बुझाएर उनीहरू रिहा भएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया