कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

इरानसँग वार्ता अघि बढाउन भान्सको पहल

मध्यावधि चुनावपछि इरानमाथि छोटो र तीव्र सैन्य आक्रमण गर्ने विकल्पबारे विचार गर्दै ट्रम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, १२ कात्तिक :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य आक्रमण गर्ने धम्की दिइरहेका बेला उपराष्ट्रपति जे. डी. भान्सले शान्ति वार्ता अघि बढाउने प्रयासमा इरानका प्रभावशाली नेता मोहसेन रेजाईलाई पत्र पठाउनुभएको छ । ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार ट्रम्पकै निर्देशनमा पठाइएको पत्रको उद्देश्य दुई देशबीच वार्ताको सम्भावना खोज्नु हो ।

तर, ट्रम्पले भान्सलाई शान्ति वार्ता सुरु गर्न निर्देशन दिएको दाबी अस्वीकार गर्दै उहाँको सम्पर्क इरानलाई चिकित्सा सामग्री उपलब्ध गराउने विषयमा केन्द्रित रहेको बताउनुभएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव तथा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका पूर्वकमाण्डर रेजाईले इरानका आधारभूत माग पूरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने बताउनुभएको थियो । यसअघि भान्सले युद्ध लम्बिने जोखिमप्रति चिन्ता व्यक्त गर्दै कूटनीतिक समाधानको पक्षमा धारणा राख्नुभएको थियो । ट्रम्पले उहाँलाई प्रमुख वार्ताकार नियुक्त गरेपछि भान्सले सम्झौताको प्रयासमा दुईपटक विदेश यात्रा गर्नुभएको थियो ।

हर्मुज जलघाँटी हुँदै समुद्री आवागमन सञ्चालन गर्ने विषयमा मतभेद भएपछि जुनमा भएको समझदारी दुई सातामै भङ्ग भएको थियो । कतार र पाकिस्तानको सहजीकरणमा भएका पछिल्ला वार्ता पनि निष्कर्षमा पुग्न सकेका छैनन् । अमेरिकाले इरानसँग आणविक कार्यक्रममा अग्रिम छुट मागिरहेको छ भने इरानले तत्काल आर्थिक राहत चाहेको छ ।

यसैबीच, ट्रम्पले मध्यावधि चुनावपछि इरानमाथि छोटो र तीव्र सैन्य आक्रमण गर्ने विकल्पबारे विचार गरिरहनुभएको छ । उहाँले इरानले सम्झौतामा पुग्ने प्रयास लम्ब्याएको आरोप लगाउँदै आउनुभएको छ । बढ्दो युद्ध र इन्धनको मूल्यले रिपब्लिकन उम्मेदवारलाई चुनावी चुनौती थपिरहेका बेला सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका सम्भावित दाबेदार भान्सले विदेश नीति र घरेलु राजनीतिक जोखिमबीच सन्तुलन मिलाउनुपर्ने भएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार