काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। यस वृद्धिसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको थियो भने मङ्गलबार ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, साताको पहिलो दिन आइतबार ११ हजार ७०० रुपैयाँले घट्दै २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको सुनको मूल्य सोमबार भने ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको थियो।
अर्कोतर्फ, बिहीबार चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९८० रुपैयाँ पुगेको थियो।
साताको अन्य दिनहरूको स्थिति हेर्दा, मङ्गलबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँमा झरेको थियो भने सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको थियो। त्यसैगरी, गत आइतबार चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया