काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग आफ्नो कुनै पनि किसिमको सम्पर्क र चिनजान नरहेको दाबी गरेका छन्।
‘अमेरिकामा घुस’ भनेर उनको नाम जोडेर समाचार प्रकाशित भएपछि शर्माले बिहीबार एक विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेका हुन्। न्यायालयभित्र मुद्दा प्रभावित बनाउन भूमिका खेलेको आरोप लागेका इनमसँग अन्य थुप्रै उच्चपदस्थ व्यक्तिहरूको नामसमेत जोडिन थालेको छ।
विवादित पात्र इनमसँग जोडेर सार्वजनिक भएका समाचारका विवरणलाई अस्वीकार गर्दै उनले ती व्यक्ति र प्रसङ्गमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताए।
“जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन,” विज्ञप्तिमा भनिएको छन्, “ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्क समेत छैन। मैले कहिँकतै भेटेको पनि छैन।”
समाचारमा दाबी गरिएको समयसीमामाथि प्रश्न उठाउँदै उनले नोभेम्बर, डिसेम्बर र जनवरीमा आफू प्रधानन्यायाधीशको भइनसकेको बताए। शर्माले आधारहीन, झुट्टा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट आफू विरुद्ध समाचार प्रकाशित भएको भन्दै भर्त्सना गरेको ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया