कार्तिक १५, २०८३ आइतबार November 1, 2026

एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्यो निलम्बन, गतिविधि गरे कारबाहीको चेतावनी

राष्ट्रिय निर्देशन ऐनअनुसार एन–प्याब्सन निलम्बन, संस्थागत गतिविधिमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन)लाई निलम्बन गरेको छ। शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले संस्थालाई निलम्बन गरिएको औपचारिक जानकारी गराएको हो।

मन्त्रालयका अनुसार एन–प्याब्सनले सरकारद्वारा दिइएका निर्देशनहरू पालना नगरेको र संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीतका कार्यहरू गरेको पाइएकाले यो कदम चालिएको हो।

राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेकाले सोही ऐनको दफा ६ को उपदफा (२) अनुसार संस्थालाई निलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

यसैगरी, मन्त्रालयले निलम्बन पश्चात् संस्थाको नाममा हुने कुनै पनि गतिविधिमाथि रोक लगाएको छ। सूचना जारी भइसकेकाले अब एन–प्याब्सनको नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानुनी ठहरिने र त्यस्ता गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार