कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल

संविधानले दिएको अधिकार प्रयोग गरेर अध्यादेश ल्याउने कुरालाई अन्यथा मान्नु हुँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ कात्तिकः सभामुख डोलप्रसाद अर्यालले सम्भव भएसम्म संसदीय छलफलबाटै कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधानले दिएको अधिकार प्रयोग गरी सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि सम्भव भएसम्म जनताको सर्वोच्च थलो संसद्बाट पर्याप्त छलफल गरी कानुन निर्माण गर्न उपयुक्त हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।

“संविधानले दिएको अधिकार प्रयोग गरेर अध्यादेश ल्याउने कुरालाई अन्यथा मान्नु हुँदैन । आवश्यकताका आधारमा राज्यले गर्ने निर्णयलाई सम्मान गर्नुपर्छ”, सञ्चारकर्मीसँग आज कुरा गर्दै आज उहाँले भन्नुभयो, “तर सदन चलाउन हामी तयार छौँ । सम्भव भएसम्म धेरैभन्दा धेरै छलफल सदनमै गरेर कानुन निर्माण गर्दा राज्यका सबै निकाय र नागरिकका लागि उपयुक्त हुन्छ ।”

कानुन निर्माणअघि धेरैभन्दा धेरै सरोकारवालाबीच बहस र छलफल हुनुपर्ने उहाँको भनाइ छ । संसद्मा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र र जनताका विषय उठाउन पाउने तथा छलफलबाट बनेको कानुन बढी प्रभावकारी हुने उहाँले बताउनुभयो । सरकारले कतिपय महत्त्वपूर्ण विषयका कानुन अध्यादेशमार्फत ल्याउन लागेको भन्ने चर्चाका बीच सभामुख अर्यालको सोे भनाइ आएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा
२०८३ कार्तिक १३, शुक्रबार
त्रिवि ५२औँ दीक्षान्त समारोह : अनलाइन फाराम भर्ने समय चार दिन थप
२०८३ कार्तिक १३, शुक्रबार
नेतान्याहुको सत्ता निरन्तरतामा चुनौती, इजरायलमा सरकार गठनको नयाँ कसरत
२०८३ कार्तिक १३, शुक्रबार
Bilateral commitment to bolster border security, cooperation
२०८३ कार्तिक १३, शुक्रबार
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार