काठमाडौं, कात्तिक १३ गते । त्रिभुवन विश्वविद्यालयले आयोजना गर्न लागेको ५२ औं दिक्षान्त समारोहमा सहभागी हुन अनलाइन फाराम भर्ने समय अवधि थप गरेको छ ।
त्रिवि,परीक्षा नियन्त्रण कार्यालयले यसअघि जारी गरेको सूचना अनुसार अनलाइन फाराम भर्ने समय शुक्रबारसम्म मात्रै थियो । अब कात्तिक १७ गतेसम्म फाराम भर्न पाइने कार्यालयले जनाएको छ ।
यसअघि तोकिएको समयमा फाराम भर्न प्राविधिक समस्या आएको र उक्त समस्याका कारण विद्यार्थी प्रभावित भएको त्रिविले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया