कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

लायन्सको सेवाभाव मुगुको दुर्गम गाउँमा, ७४ विद्यार्थीले पाए पोसाक र शैक्षिक सामग्री

दुर्गमका बालबालिकाको मुहारमा मुस्कान छर्दै लायन्स क्लब गोंगबु र बेथेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं गोंगबु र लायन्स क्लब अफ काठमाडौं बेथेलले संयुक्त रूपमा मुगु जिल्लाको अति दुर्गम गाउँ झ्यारीको श्री महादेव आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक सहयोग गरेका छन्।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के, नेपालको मातहतमा रहेका दुवै क्लबले सञ्चालन गरेको सेवामूलक परियोजनाअन्तर्गत ७४ जना विद्यार्थीलाई विद्यालय पोसाक, झोला तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो। दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने, उनीहरूलाई अध्ययनप्रति थप उत्साहित बनाउने र उज्ज्वल भविष्य निर्माणमा साथ दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।

May be an image of skeet shootingलायन्स क्लब अफ काठमाडौं गोंगबुका अध्यक्ष अञ्जन श्रेष्ठले दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक यात्रामा सानो भए पनि अर्थपूर्ण सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले लायन्सको मूल भावना नै मानवीय सेवा भएकाले शिक्षा, स्वास्थ्य र समुदायको आवश्यकतामा आधारित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

“हामीले गरेको सानो सहयोगले बालबालिकाको अनुहारमा मुस्कान ल्याउन, उनीहरूलाई अध्ययनका लागि प्रोत्साहित गर्न र दुर्गम समुदायमा सकारात्मक परिवर्तनको आधार तयार गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ,” अध्यक्ष श्रेष्ठले भने।

May be an image of one or more people, mountain and textलायन्स क्लब अफ काठमाडौं बेथेलकी अध्यक्ष प्रजावती थापा श्रेष्ठले नयाँ क्लबका रूपमा स्थापना भएपछि दुर्गम गाउँका विद्यार्थीलाई सहयोग गर्न पाउनु आफ्नो लागि विशेष उपलब्धि भएको बताइन्। लायन वर्ष २०२६/२७ मा स्थापना भएको बेथेल क्लबका लागि यो कार्यक्रम सेवाको यात्रामा महत्वपूर्ण अनुभव र प्रेरणाको विषय बनेको उनको भनाइ छ।

“दुर्गम क्षेत्रका बालबालिकाको आवश्यकतालाई नजिकबाट बुझेर उनीहरूको शिक्षामा सहयोग गर्न पाउनु मेरा लागि ठूलो खुसी र महत्वाकाङ्क्षा पूरा भएजस्तै हो। आगामी दिनमा पनि समुदायको आवश्यकताअनुसार सेवामूलक गतिविधि सञ्चालन गर्ने हाम्रो चाहना छ,” अध्यक्ष श्रेष्ठले बताइन्।

May be an image of one or more people, temple and textअञ्जन श्रेष्ठ र प्रजावती थापा श्रेष्ठ दुवैजना क्लबका अध्यक्ष हुन् । उनीहरू श्रीमान्–श्रीमतीसमेत हुन्। परिवारकै सदस्यहरू लायन्स अभियानमा सक्रिय रहँदै आएको यस परिवारले सामाजिक सेवामार्फत समुदायमा योगदान पुर्‍याउँदै आएको छ। उनीहरूकी छोरी किम्बर्ली श्रेष्ठ हालै लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराको पहलमा स्थापना भएको लियो क्लब अफ काठमाण्डौं हेरिटेज धरहराको चार्टर्ड प्रेसिडेन्ट बनेकी छन्। यसले परिवारका नयाँ पुस्तासमेत सामाजिक सेवा र नेतृत्व विकासको अभियानमा जोडिएको सन्देस दिएको छ ।

लायन्स क्लब अफ काठमाडौं गोंगबु पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको होम क्लबसमेत हो। उहाँको आबद्धताले पनि क्लबलाई लायन्स अभियानको अनुभव, नेतृत्व र सेवामूलक गतिविधिमा थप सक्रिय बनाउँदै आएको छ। लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के, नेपालअन्तर्गत आबद्ध करिब २२८ क्लबहरुमध्ये गोंगबु क्लब मानवीय सेवाका गतिविधिमा निकै नै सक्रिय रहँदै आएको क्लब हो ।

May be an image of child and textमुगुको झ्यारी गाउँमा गरिएको यो सहयोग कार्यक्रमले दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्नुका साथै लायन्स अभियानको सेवाभावलाई समुदायसम्म पुर्‍याएको छ। शिक्षा नै सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएकाले यस्ता सहयोगले बालबालिकालाई विद्यालयमा निरन्तरता दिन र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

May be an image of sherpa coat and textलायन्स क्लब अफ काठमाडौं गोंगबु र काठमाडौं बेथेलले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा समुदायको आवश्यकता पहिचान गरी मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने दुबै अध्यक्षले प्रतिबद्धता जनाएका छन्।

May be an image of one or more people, people smiling and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा
२०८३ कार्तिक १३, शुक्रबार
त्रिवि ५२औँ दीक्षान्त समारोह : अनलाइन फाराम भर्ने समय चार दिन थप
२०८३ कार्तिक १३, शुक्रबार
नेतान्याहुको सत्ता निरन्तरतामा चुनौती, इजरायलमा सरकार गठनको नयाँ कसरत
२०८३ कार्तिक १३, शुक्रबार
Bilateral commitment to bolster border security, cooperation
२०८३ कार्तिक १३, शुक्रबार
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार