कार्तिक १६, २०८३ सोमबार November 2, 2026

नेप्से परिसुचक उच्च अंकले घट्यो, सवा सात अर्बको कारोबार

ग्लोबल आइएमई बैंकको करिब साढे २९ करोड र कुमारी बैंकको करिब २८ करोड रुपैयाँको सेयर खरिदबिक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १६ कात्तिक । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार राताम्मे बनेको छ । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा ओर्लेको छ । गत साता लगातार बढेको नेप्से यसपटक बन्द भएर घटेको हो ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत शुक्रबार आठ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । आज सात अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँबराबरको एक करोड ९८ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार पनि घलेम्दी हाइड्रो कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको करिब साढे २९ करोड र कुमारी बैंकको करिब २८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

बेनी हाइड्रोपावरको सेयरमूल्य १३.५८ प्रतिशत बढेको छ। १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार