कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

आजको मौसम : पश्चिमी वायुको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

त्यस्तै, बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया