कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत

तिहारको अन्तिम दिन कात्तिक २५ गते यमद्वितीया अर्थात् भाइटीका र नेवार समुदायको किजापूजा मनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। तिहारको मुख्य दिन भाइटीका यस वर्ष कात्तिक २५ गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समयलाई शुभ साइतका रूपमा तोकेको छ।

समितिले सार्वजनिक गरेको धार्मिक विधिसम्बन्धी निर्देशनमा टीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व दिशातर्फ फर्किनुपर्ने उल्लेख गरिएको छ।

यस वर्ष तिहारका कार्यक्रम कात्तिक २० गतेदेखि सुरु हुनेछन्। पहिलो दिन धनत्रयोदशी र यमदीपदान गरिनेछ। कात्तिक २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ भने २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ।

त्यसैगरी कात्तिक २३ गते गाईपूजा र २४ गते गोवर्द्धन पूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। म्हपूजाकै दिन नेपाल संवत् ११४७ को सुरुवातसमेत हुनेछ।

तिहारको अन्तिम दिन कात्तिक २५ गते यमद्वितीया अर्थात् भाइटीका र नेवार समुदायको किजापूजा मनाइने समितिले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार