कार्तिक १८, २०८३ बुधबार November 4, 2026

सिभिल अस्पतालमा मुटु र फोक्सोका गम्भीर बिरामीको उपचारका लागि ईक्मो सेवा सञ्चालन

सिभिल अस्पतालमा पहिलोपटक ईक्मो सेवा, गम्भीर बिरामीको सफल उपचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा पहिलोपटक अत्याधुनिक जीवनरक्षक प्रविधि एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलतापूर्वक सञ्चालन गरिएको छ।

इन्फ्लुएन्जा भाइरसको संक्रमणका कारण गम्भीर एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) बाट पीडित ४३ वर्षीय पुरुष बिरामीको ईक्मोसहित उपचार गरी स्वास्थ्यलाभ भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

अस्पतालका सघन उपचार सेवा विभाग प्रमुख डा. प्रदीप तिवारीका अनुसार ईक्मो मुटु र फोक्सोले काम गर्न नसक्ने अवस्थामा ती अंगको काम अस्थायी रूपमा गर्ने जीवनरक्षक प्रणाली हो। यस प्रविधिमा शरीरबाट बाहिर निकालिएको रगतमा अक्सिजन थप्नुका साथै कार्बन डाइअक्साइड हटाएर पुनः शरीरमा पठाइन्छ।

‘भाइरल संक्रमणपछि बिरामीको फोक्सोमा गम्भीर समस्या देखिएकाले फोक्सोलाई आराम दिन विशेष प्रकारको ईक्मो मेसिनको सहयोग लिनुपरेको थियो,’ डा. तिवारीले भन्नुभयो, ‘ईक्मोमा जोडेपछि मेसिनले फोक्सोको काममा सहयोग गरेको थियो।’

बिरामीलाई ११ दिनसम्म ईक्मो र १४ दिनसम्म भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। उपचारपछि असोज १७ गते सघन उपचार कक्ष (आईसीयू) बाट डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ।

उपचारमा संलग्न क्रिटिकल केयर विशेषज्ञ डा. आनन्द ठाकुरका अनुसार एआरडीएस, पल्मोनरी इम्बोलिजम, गम्भीर हृदयाघात तथा मुटु र फोक्सो प्रत्यारोपणका क्रममा ईक्मो प्रविधि प्रयोग गरिन्छ।

बिरामीको उपचारमा डा. तिवारी, डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी र एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारीसहित चिकित्सक तथा नर्सिङ टोली संलग्न थियो।

यस सेवाको सुरुवातसँगै सिभिल अस्पतालमा जटिल अवस्थाका मुटु तथा फोक्सोका बिरामीको उपचारका लागि थप अत्याधुनिक सुविधा उपलब्ध भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
२०८३ कार्तिक १८, बुधबार
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
२०८३ कार्तिक १८, बुधबार
जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
२०८३ कार्तिक १८, बुधबार
सिभिल अस्पतालमा मुटु र फोक्सोका गम्भीर बिरामीको उपचारका लागि ईक्मो सेवा सञ्चालन
२०८३ कार्तिक १८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ कार्तिक १८, बुधबार
युद्धमा फर्कदा कसैलाई फाइदा हुँदैन : इरानी राष्ट्रपति
२०८३ कार्तिक १८, बुधबार
कात्तिक २० देखि प्रदर्शनमा आउने ‘पाँच पाण्डव’को ट्रेलर-२ सार्वजनिक
२०८३ कार्तिक १८, बुधबार