कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

अवैध लागुऔषध ओसारसपारको अभियोगमा छानविन गर्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीले मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बार्दियाबाट अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१२ रोडषेशबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ प्रगतिटोलबाट दुई, ललितपुरको गोदावरी नगरपालिका-१४ बाट एक, उदयपुरको त्रियुगा नगरपालिका-३ बाट दुई, धनुषाको जनकपुर उपमहानगरपालिका-१ बाट एक, दाङको घोराही उपमहानगरपालिका-१४ बाट एक र बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया