कार्तिक २१, २०८३ शनिबार November 7, 2026

सरकार र डा. गोविन्द केसी बिच ६ बुँदे सहमति, तोडियो अनसन

डा. गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनसन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएपछि डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्। सरकारसँग सहमति जुटेसँगै शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा. केसीले अनशन तोडेका हुन्।

पटक–पटक भएको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गरेका थिए। सहमतिपछि मन्त्री पोखरेलले डा. केसीलाई जुस खुवाएर सत्याग्रह अन्त्य गराएका हुन्।

अनशन तोडिएपछि मन्त्री पोखरेलले सहमतिअनुसार सरकारले डा. केसीका माग कार्यान्वयनको प्रक्रिया अघि बढाउने बताए। उनले अब यो डा. केसीको अन्तिम अनशन हुने दाबीसमेत गरे। मन्त्री पोखरेलले भने, ‘यो डा. केसीको अन्तिम अनशन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ।’

सरकार र डा. केसीबीच भएको सहमतिमा चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न विषय समेटिएका छन्। सहमतिका बुँदाअनुसार सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने र कार्यान्वयनको अनुगमन गर्ने व्यवस्था गरिएको जनाइएको छ।

सहमति पत्रमा डा. गोविन्द केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्। सहमतिसँगै लामो समयदेखि जारी डा. केसीको २५औँ सत्याग्रह तत्कालका लागि टुंगिएको छ।

1

2

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया