कार्तिक २२, २०८३ आइतबार November 8, 2026

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

छ जना घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जुम्ला, २२ कात्तिक: मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका-१, स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो ।

दुर्घटनामा परी रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका-१ स्थायी घर भई हाल जिल्लाको कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका अन्दाजी ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते भएका छ जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार सुरु गरिएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । उक्त जीपमा १६ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार
‘पर्वहरूले परिवार, समाज र समुदायबीचको सद्भाव सुदृढ बनाऊन्’ : रवि लामिछाने
२०८३ कार्तिक २२, आइतबार