कार्तिक २५, २०८३ बुधबार November 11, 2026

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

तत्कालका लागि दुखुखोलामा ह्युमपाइप राखेर दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडक सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत आयोजनाको साझेदारीमा सडक मर्मत थालिएको हो ।

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछिको बाढीले बालौटेमा सडक कटान गरेपछि मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक अवरुद्ध भएको थियो । सडक कटानसँगै दुखुबेँसीको फेदीमा करिब १०० मिटर सडक भत्किएको छ भने नजिकैको बस्तीसमेत जोखिममा परेको छ ।

म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सडक मर्मतका लागि जलविद्युत आयोजनाले डोजर र टिप्पर परिचालन गरेको जानकारी दिनुभयो ।

“मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुङ्गा प्रयोग गरी पूर्वाधार विकास कार्यालयले ग्याबियन जाली भरेर तत्कालका लागि अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो, “सडकको स्थायी मर्मत र दुखुबेँसी बस्ती संरक्षणका लागि गण्डकी प्रदेश सरकारले थप बजेट उपलब्ध गराउने प्रतिबद्धता भौतिक पूर्वाधारमन्त्री नन्दप्रसाद न्यौपानेले गत साता बालौटे पहिरोको निरीक्षणका क्रममा जनाउनुभएको छ ।”

सडक मर्मतका लागि प्रदेश सरकारले हाल रु २५ लाख उपलब्ध गराएको र दीर्घकालीन समस्या समाधानका लागि रु दुई करोडभन्दा बढी बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो ।

म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी–१, दरवाङ म्याग्दीखोला र मुदीखोला जलविद्युत आयोजनाले उपकरण परिचालन गरी सडक मर्मतमा सहयोग गरेका छन् ।

अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गरेपछि बालौटेमा कटान भई सडक भत्किएको हो । सडक क्षतिग्रस्त भएपछि बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित भएको छ । तत्कालका लागि दुखुखोलामा ह्युमपाइप राखेर दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरिएको मालिका गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताउनुभयो । उहाँका अनुसार सडकको दिगो समाधानका लागि मर्मतसँगै बस्ती संरक्षण आवश्यक छ ।

साँघुरो, कच्ची र उपयुक्त ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधनलाई एकआपसमा आवतजावत गर्न पर्याप्त ठाउँ छैन । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने उक्त सडकमा म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनको चापसमेत छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २५, बुधबार