कार्तिक २५, २०८३ बुधबार November 11, 2026

अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल

मध्यावधि निर्वाचनमा पार्टीले पराजय व्यहोरेको केही दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसद्मा राहत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, २५ कात्तिक :अमेरिकी प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा रिपब्लिकन सांसदहरूले इरान युद्ध सञ्चालन गरेको विषयलाई लिएर रक्षामन्त्री पीट हेग्सेथविरुद्ध महाभियोग लगाउने प्रयास विफल पारेका छन् । यसबाट मध्यावधि निर्वाचनमा पार्टीले पराजय व्यहोरेको केही दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसद्मा राहत मिलेको छ ।

प्रतिनिधिसभामा महाभियोग प्रस्ताव न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत परेको थियो । यससँगै हेग्सेथमाथि औपचारिक महाभियोग आरोप लगाउने विषयमा बुधबार हुने भनिएको मतदान रोकिएको छ । ट्रम्पका आलोचक रिपब्लिकन सांसद थोमस म्यासीले पेस गर्नुभएको प्रस्तावलाई आफ्नै पार्टीका सांसदहरूले समेत समर्थन गरेनन् ।

म्यासीले पेस गरेको प्रस्तावमा काङ्ग्रेसको स्वीकृतिबिना इरान युद्ध सञ्चालन गरेको, अधिकारको दुरुपयोग गरेको तथा यमनका हुथी विद्रोही र लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएका डुङ्गामाथि आक्रमण गरेको आरोपसहित आठवटा विषय समेटिएका थिए । सिनेटर मार्क केलीलाई कारबाही गर्ने प्रयासमार्फत अभिव्यक्ति स्वतन्त्रता दबाउन खोजेको आरोप पनि लगाइएको थियो ।

हेग्सेथले महाभियोग प्रयासलाई राजनीतिक प्रहसन भन्दै आफूमाथिका आरोप अस्वीकार गर्नुभएको छ । उहाँले इरान, यमन र भेनेजुएलाविरुद्धका सैन्य कारबाहीको बचाउ गर्दै आवश्यक परे फेरि पनि त्यस्ता कारबाही सञ्चालन गर्ने बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले हेग्सेथको कार्यसम्पादनको प्रशंसा गर्दै मतदानको परिणामलाई विजयका रूपमा स्वागत गर्नुभएको छ । उपराष्ट्रपति जे डी भान्सले पनि रक्षामन्त्रीले महाभियोग लगाउनुपर्ने कुनै अपराध नगरेको बताउनुभयो ।

आगामी जनवरीमा डेमोक्रेटहरूले काङ्ग्रेसको नियन्त्रण लिएपछि महाभियोग प्रयास पुनः अघि बढाउन सक्ने सम्भावना भने कायमै छ । ट्रम्प समर्थित उम्मेदवारसँग पार्टीको प्राथमिक निर्वाचनमा पराजित हुनुभएका प्रस्तावक म्यासीले आफ्नो कार्यकाल सकिएपछि काङ्ग्रेस छोड्नुहुनेछ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार