काठमाडौं। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।
आफ्नो अन्तिम लिग खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको हो।
लिग चरणको सात खेलमध्ये पाँचमा जित र दुईमा हार बेहोरेको सुदूरपश्चिम १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन मात्र बनाउन सक्यो। पराजयसँगै काठमाडौंको प्लेअफ यात्राका लागि थप प्रतीक्षा गर्नुपर्ने भएको छ।
हालसम्म ६ खेल खेलेको काठमाडौं ४ जित र २ हारका साथ ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। काठमाडौंले आफ्नो अन्तिम लिग खेल पोखरा एभेन्जर्सविरुद्ध खेल्न बाँकी छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया