कार्तिक २८, २०८३ शनिबार November 14, 2026

मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी

शेयर निष्कासनपछि सर्वसाधारणले समेत अस्पतालको लगानीमा सहभागी हुने अवसर पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर। मध्यपुर अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ। अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. रविना प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न सभाले वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाको सुरुवात सञ्चालक समिति सदस्य डा. रविन्द्र भक्त प्रधानाङ्गको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रममा अध्यक्ष डा. रविना प्रधानाङ्गले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सञ्चालक समिति सदस्य एवं आर्थिक प्रशासन निर्देशक डा. हरिप्रसाद सुवालले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण तथा वित्तीय अवस्थाबारे जानकारी गराएका थिए ।

सभामा अस्पतालको अधिकृत पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। शेयर निष्कासनपछि सर्वसाधारणले समेत अस्पतालको लगानीमा सहभागी हुने अवसर पाउनेछन्।

अस्पतालका अनुसार गत आर्थिक वर्षमा ६१ हजार १९८ जनाले बहिरङ्ग सेवा लिएका छन्। १०० शय्याको क्षमतामा सञ्चालन भइरहेको मध्यपुर अस्पताल भक्तपुर जिल्लामा एमआरआई सेवा उपलब्ध गराउने एक मात्र अस्पतालका रूपमा रहेको छ।

हाल अस्पतालमा ३०४ जना कर्मचारी कार्यरत छन्। स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने क्रममा अस्पतालले आफ्नै स्वामित्वमा श्रद्धा इन्स्टिच्युट अफ हेल्थ साइन्सेससमेत सञ्चालन गर्दै आएको छ।

१६औँ वार्षिक साधारण सभामार्फत अस्पतालले आफ्नो सेवा प्रवाह, आर्थिक अवस्था तथा आगामी योजनाबारे जानकारी गराउँदै सर्वसाधारणका लागि शेयर निष्कासनको तयारीलाई समेत प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार