कार्तिक २९, २०८३ आइतबार November 15, 2026

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

नयाँ सरकार गठन भएर कार्यभार सम्हाल्नुअघि नेतान्याहु नै कामचलाउ प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरुसेलम, २९ कात्तिक : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गर्नुभएको छ ।

शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उहाँले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सक्रिय बनाउन खोजिरहेको आरोप लगाउँदै इजरायलको सुरक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेतान्याहुले नयाँ सरकार गठनको जिम्मेवारी पाउनुभएका आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गाडी आइसेनकोटलाई कुनै पूर्वसर्त नराखी गठबन्धन निर्माणका लागि वार्ता सुरु गर्न आग्रह गर्नुभएको छ ।

“इजरायलको विनाश चाहने इरानी शासनले पुनः आफ्नो आणविक कार्यक्रम अघि बढाउन काम गरिरहेको छ । यस अस्तित्वगत खतरालाई सदाका लागि अन्त्य गर्नुपर्छ,” उहाँले सम्बोधनका क्रममा भन्नुभयो ।

राष्ट्रिय एकता सरकार गठन भए इजरायलको सुरक्षा आगामी वर्षसम्म सुनिश्चित गर्न सकिने र क्षेत्रीय शान्ति सम्झौतालाई थप विस्तार गर्न मद्दत पुग्ने नेतान्याहुको भनाइ छ ।

यसअघि बिहीबार नेतान्याहु र आइसेनकोटबीच सुरक्षा विषयमा छलफल भएको थियो ।

गत अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनपछि नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले संसद्मा बहुमत गुमाएको थियो । पूर्वसैनिक प्रमुखसमेत रहनुभएका आइसेनकोटलाई राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनका लागि २८ दिनको समय दिनुभएको छ । आवश्यक परे उक्त समय थप १४ दिन बढाउन सकिने व्यवस्था छ ।

नयाँ सरकार गठन भएर कार्यभार सम्हाल्नुअघि नेतान्याहु नै कामचलाउ प्रधानमन्त्रीका रूपमा पदमा रहनुहुनेछ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार