मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

साताब्यापी रुस भ्रमण सकाएर स्वेदश फर्किए प्रचण्ड

अग्नी सापकोटा, पम्फा भुसाल, देव गुरुङ लगायतले विमानस्थलमा पुगेर गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकसाता लामो भ्रमणपछि रुसबाट स्वेदश फर्किएका छन्।

अखिल रुसी राजनीतिक दलको आयोजनामा मस्कोमा भएको विश्व सम्मेलनमा सहभागी भएर प्रचण्ड आज स्वदेश फर्किएका छन्।

नेकपाका नेताहरू अग्नी सापकोटा, पम्फा भुसाल, देव गुरुङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर प्रचण्डलाई स्वागत गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड गएको कात्तिक २७ गते रुस गएका थिए।

प्रचण्डको भ्रमण टोलीमा उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी थिए।

रुसमा रहँदा प्रचण्डले ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया