मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा

अब फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार फाइनलमा पुगेको छ ।

बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ३  विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । चितवनले दिएको १३४ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले ५३ रन बनाए भने विनोद भण्डारीले २३ रन, दिपेन्द्र सिंह ऐरीले १५ र इशान पाण्डे र आरिफ सेखले १०/ १० रन बनाएका थिए ।    त्यस्तै चितवनका बलर रंजित कुमारले २ विकेट लिए भने कमल ऐरी, रिजन ढकाल, उसमा मिर, सलाहुद्दीन खानले एक एक विकेट लिएका थिए ।

त्यस्तै, टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले अविजित ७१  रन बनाएका थिए भने सलाहुद्दीन खानले १८ रन र कमल सिंह ऐरीले १० रन बनाएका थिए ।

त्यस्तै सुदूरपश्चिमका बलर स्कट कुगेलाईनले ३ विकेट लिए भने थारिन्दु रत्नायेकेले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र इशान पाण्डेले एक एक विकेट लिएका थिए । अब फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सको सामना गर्ने छ भने चितवन राइनोज बाहिरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार