मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

प्रतियोगितामा अन्तरराष्ट्रियसहित १० वटा टोलीको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुदूरपश्चिम, ६ मङ्सिर : ‘सुदूरपश्चिम खप्तड गोल्डकप’ को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ ।

आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम–११ स्पोट्र्स क्लब धनगढीले धनगढी रङ्गशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सातौँ अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आयोजना गर्न लागिएको जनाएको हो ।

क्लबका महासचिव प्रकाश शाहीले फुटबल खेलको विकास र विस्तारमार्फत सुदूरपश्चिमको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । सुदूरपश्चिमका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने, युवामा फुटबलप्रतिको आकर्षण बढाउने र सुदूरपश्चिममा खेल पर्यटनको विकास गर्ने प्रतियोेगिताको लक्ष्य रहेको उहाँको भनाइ थियो ।

क्लबका अध्यक्ष योगेन्द्र चन्दले प्रतियोगितामा अन्तरराष्ट्रियसहित १० वटा टोलीको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगिता धनगढी रङ्गशालामा हुने उहाँले बताउनुभयो ।

क्लबले विसं २०७३ देखि यहाँ प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु ११ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार तथा ‘म्यान अफ द म्याच’ लाई रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
२०८३ मंग्सिर ६, आइतबार
सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि
२०८३ मंग्सिर ६, आइतबार