मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेप्से परिसुचक झिनो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

आज ग्लोबल आइएमई बैंकको १५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ७ मंसिर । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ऋणात्मक बन्द भएको छ। गत शुक्रबार सामान्य अंक घटेर बन्द भएको नेप्सेमा आज भने झिनो सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२६ अंक बढेर २६२३.५६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५१ अंक, फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक बढेको छ।

१३ मध्ये चार उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक, लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ। गत शुक्रबार तीन अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६० स्टकको ४२ हजार ८५४ पटकको कारोबारमा तीन अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँबराबरको एक करोड ८ लाख २६ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज ग्लोबल आइएमई बैंकको १५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको करिब १३ करोड र एनआईसी एशिया बैंकको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।

आज मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य १०.५८ प्रतिशत बढेको छ। माउन्टेन हाइड्रो र बुंगल हाइड्रोको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र समकक्षी मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
२०८३ मंग्सिर ७, सोमबार
दीपक भट्टको थुनासम्बन्धी रिटमा सर्वोच्चले झिकायो पुरानो आदेश र मुद्दाको सक्कल मिसिल
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री बालेन र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता
२०८३ मंग्सिर ७, सोमबार
नेप्से परिसुचक झिनो अंकले बढ्यो, कारोबार रकम भने घट्यो
२०८३ मंग्सिर ७, सोमबार
मध्यपश्चिम विश्वविद्यालयले माग्यो ७ डिन र २ निर्देशक
२०८३ मंग्सिर ७, सोमबार