मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

प्रधानमन्त्री बालेन र समकक्षी मोदीबीचको उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

दुवै देशका प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ७ मंसिर । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच  नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए ।

भारतका तर्फबाट विदेशमन्त्री माननीय डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी। के। मिश्रा र  शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।

केहीबेरमा प्रधानमन्त्री बालेन र उनका भारतीय समकक्षी मोदीले पत्रकार सम्मेलनमार्फत दुई देशबचि भएका सहमति र समझदारीबारे जानकारी दिनेछन् । वार्तामा भएका सहमतिको एमओयु आदानप्रदान हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र समकक्षी मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
२०८३ मंग्सिर ७, सोमबार
दीपक भट्टको थुनासम्बन्धी रिटमा सर्वोच्चले झिकायो पुरानो आदेश र मुद्दाको सक्कल मिसिल
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री बालेन र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता
२०८३ मंग्सिर ७, सोमबार
नेप्से परिसुचक झिनो अंकले बढ्यो, कारोबार रकम भने घट्यो
२०८३ मंग्सिर ७, सोमबार
मध्यपश्चिम विश्वविद्यालयले माग्यो ७ डिन र २ निर्देशक
२०८३ मंग्सिर ७, सोमबार