मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा भक्तजनको घुइँचो

दिवङ्गत पितृहरूको सम्झना तथा शान्तिको कामना गर्दै रातभर दीप प्रज्ज्वलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बनेपा (काभ्रे)।  काभ्रेपलाञ्चोक जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्ध नगरपालिका-११ स्थित नमोबुद्धमा आज कार्तिक पूर्णिमाको अवसरमा परम्परागत जात्राको मुख्य दिन विशेष मेला तथा पूजाआजा लागिरहेको छ। बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका हजारौँ भक्तजनहरूको यहाँ ठूलो घुइँचो लागेको छ।

नमोबुद्ध गुठीका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृहरूको सम्झना तथा शान्तिको कामना गर्दै रातभर दीप प्रज्ज्वलन गरिएको थियो।

राजकुमार महासत्व (प्रिन्स महारथ) ले भोकले छटपटाइरहेकी बघिनी र उसका पाँच वटा डमरुहरूको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेको पौराणिक एवं ऐतिहासिक कथाको स्मरणमा हरेक वर्ष यो जात्रा श्रद्धापूर्वक मनाउने गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले बताएका छन्। यसलाई बौद्ध धर्ममा त्याग, परोपकार र करुणाको सर्वोच्च प्रतीकको रूपमा लिइन्छ।

कार्तिक पूर्णिमाको यस धार्मिक मेलालाई मध्यनजर गर्दै स्थानीय बासिन्दा र भक्तजनहरूको सहजीकरणका लागि नगरपालिकाले आज यस क्षेत्रमा स्थानीय बिदा समेत दिएको छ।

जात्रामा सरिक हुन आएका हजारौँ दर्शनार्थीहरूको सुरक्षा र सुविधालाई ध्यानमा राख्दै नगरपालिका, स्थानीय गुठी तथा सुरक्षा निकायद्वारा आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया