काठमाडौं। विगत केही सातादेखि लगातार घटिरहेको सुनचाँदीको मूल्यमा पुनः उकालो यात्रा सुरु भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो।
महासंघले सार्वजनिक गरेको नयाँ दररेट अनुसार मंगलबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै चाँदीको भाउमा पनि वृद्धि देखिएको छ। मंगलबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ तोकिएको थियो।
लामो समयदेखिको गिरावटपछि सोमबारदेखि सुनचाँदीको मूल्यमा सुधार आउन थालेको हो। लगातार दुई दिनदेखिको यो वृद्धिले सुनचाँदी बजार पुनः उकालो लाग्ने सङ्केत देखाएको व्यवसायीहरूले बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया